राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने

साझा लाल्टिन संवाददाता

१ कार्तिक, काठमाडौं - ललितपुर जिल्लामा तिहारको समयमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले एक सूचना जारी गर्दै तिहारको समयमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने जनाएको हो ।

व्यवस्थित, मर्यादित, अनुशासित र एकता झल्काउने ढङ्गले देउसी–भैलो खेल्न समेत आग्रह गरिएको छ ।

पटका पड्काउने, आतिसबाजी गर्नेजस्ता कार्यमा पूर्ण रूपमा रोक लगाइएको कार्यालयले जारी गरेकाे सूचनामा उल्लेख छ । 

प्रतिक्रिया