एमालेको जिल्ला कमिटी नेकपामा प्रवेस

साझा लाल्टिन संवाददाता

काठमाडौं । नेकपा एमाले ओखलढुङ्गा जिल्ला कमिटी नेपाल कम्युनिष्ट पार्टीमा समायोजन भएको छ । जिल्ला अध्यक्ष जिवि खड्कासहित उपाध्यक्ष र सचिवसहित ३८ जना नेता कार्यकर्ता नेकपामा समाहित बनेका हुन। 

यसअघी अम्बिरबाबु गुरुङ एक्लै प्रवेश गरेर उम्मेदवारको टिकट लिएका थिए भने उनकै पहलमा आज जिल्ला कमिटी समायोजन भएको हो ।

अध्यक्ष खड्कासहित जिल्ला कमिटीका नेताहरूले आज पत्रकार सम्मेलन गरेर राजिनामा दिएपछि खड्काले सिंगै जिल्ला कमिटी नेकपामा समायोजन भएको घोषणा गरेका थिए ।

नेपाली कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गरेका उनीहरूलाई संयोजक पुषपकमल दाहाल प्रचण्ड र संयोजक माधव नेपालले फुलमाला लगाएर स्वागत गर्दै अब यो बिद्रोह देशैभरी हुने दाबी गरेका थिए। 

एमाले ओखलढुङ्गाले प्रतिनिधि सभा सदस्य निर्वाचनमा अस्मिता थापालाई उम्मेदवार बनाएपछि सिंगो जिल्ला कमिटी नै असन्तुष्ट बनेको थियो । आजको यो विद्रोहले एमाले भित्रको असन्तुष्टी बाहिर ल्याएको छ ।

पत्रकार प्रदीप खड्का 

प्रतिक्रिया