फागुन २१ को चुनावपछि विशेष महाधिवेशन गरौं : नारायणकाजी श्रेष्ठ

साझा लाल्टिन संवाददाता

 ९ असोज, काठमाडौं - नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी मंसिरमा विशेष महाधिवेशन सम्भव नरहेको बताएका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

‘मंसिरमा विशेष महाधिवेशन सम्भव छैन । निर्वाचन पछि महाधिबेशन गर्नु पर्छ’ श्रेष्ठले केन्द्रीय समितिको बैठकमा भनेका छन् ।

यसअघि केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया