धरान पुगेर धुरुधुरु रोए हर्क साम्पाङ

साझा लाल्टिन संवाददाता

३१ भदौ, काठमाडौं - धरान उपमहानरपालिकाका मेयर  हर्क साम्पाङ जेनजी आन्दोलनपछिको परिस्थिति सम्झिँदै धुरुधुरु रोएका छन् ।

उनी प्रधानमन्त्री बन्ने उद्देश्य बोकेर काठमाडौं आए पनि रित्तो हात फर्किएका थिए ।

विदेशीले टेक ओभर गर्न सक्ने सम्भावना रहेको भन्दै साम्पाङ रोएका हुन् ।

धरानमा केही सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले आफूलाई खानेपानी र श्रम मन्त्री दिइएको भए पनि स्वीकार नगरेको बताए ।

प्रतिक्रिया