११ फागुन,काठमाडौं - रवि लामिछानेले धादिङमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सडक सुरक्षा सुनिश्चित गर्नु राज्यको प्रमुख जिम्मेवारी भएको बताएका छन्। पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको बस दुर्घटनामा मानवीय क्षति भएपछि उनले विगतमा सडक सुरक्षालाई आवश्यक प्राथमिकता नदिइएको भन्दै असन्तुष्टि जनाए।
उनका अनुसार, दुर्घटनापछि निष्पक्ष र गम्भीर छानबिन हुनुपर्ने, वास्तविक कारण पहिचान गरी दोषीमाथि कारबाही गरिनुपर्ने र यस्ता घटना दोहोरिन नदिन ठोस सुधारात्मक कदम चालिनुपर्ने थियो। तर यसतर्फ अपेक्षित काम हुन नसकेको उनको भनाइ छ।
सडक सुरक्षित बनाउन सुरक्षित पूर्वाधार, जिम्मेवार चालक, कडाइका साथ नियम कार्यान्वयन र प्रभावकारी अनुगमन अनिवार्य रहेको उल्लेख गर्दै उनले यस विषयमा आफूहरू गम्भीर र जिम्मेवार रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
23 February 2026