१३ मंसिर, काठमाडौ - नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो अवस्थामा आफ्ना गल्ती वा कमजोरीहरू स्वीकार गर्दै सुधारको मार्गमा अघि बढ्न तयार रहेको बताएका छन्।
दाङको लमहीमा आयोजित पार्टी सभा सम्बोधन गर्दै उहाँले जेन–जि प्रदर्शन र पछिल्ला विध्वंसात्मक घटनापछि मुलुकमा बनेको नयाँ राजनीतिक परिवेशलाई सम्बोधन गर्न आफू तयार रहेको स्पष्ट पार्नुभयो।
उहाँका अनुसार युवा पुस्ताको अपेक्षा, जनतामा बढ्दो असन्तुष्टि र परिवर्तनको मागले विगतको समीक्षा गरेर आवश्यक परिवर्तन गर्ने दवाब पार्टीमाथि बढ्दो छ।
१५ वटा पार्टीहरू एकताबद्ध भएर बनेको नेपाली कम्युनिष्ट पार्टीको पृष्ठभूमि स्मरण गर्दै प्रचण्डले अन्य विभाजित कम्युनिष्ट शक्तिहरूलाई पनि एकतामा सहभागी हुन आजै औपचारिक आह्वान गरेका छन्।
29 November 2025