प्रधानमन्त्री कार्कीको चौथो मन्त्रिपरिषद् विस्तार आज, चार मन्त्री बढ्ने पक्का

साझा लाल्टिन संवाददाता

२६ मंसिर, काठमाडौं -  प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । प्रधानमन्त्री कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।

आजै मन्त्रिपरिषद् विस्तार हुने स्रोतले जनाएको छ । बिहीबार मात्रै उनले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेकी थिइन् ।

आज विस्तार हुने मन्त्रिपरिषद्‍मा चार जना मन्त्री थपिने स्रोतले जनाएको छ । कुन-कुन मन्त्रालय थपिने भन्ने खुलाइएको छैन । त्यसका लागि प्रधानमन्त्री परामर्शनमा रहेको स्रोत बताउँछ । 

प्रतिक्रिया