प्रचण्डको नेकपा चौथो, रास्वपा बन्यो सत्ता प्रमुख

साझा लाल्टिन संवाददाता

काठमाडौँ – फागुन २१ को निर्वाचनले नेपालको राजनीतिक नक्शा पूर्णतया बदलिदिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ३ वर्षमै पहिलो दल बन्दै करिब दुई तिहाइ बहुमत पाएको छ। यसले पुराना दल—नेपाली कांग्रेस र नेकपा एमाले—लाई आगामी ५ वर्षसम्म सत्ताबाट बाहिर राख्ने संकेत दिएको छ।

प्रत्यक्ष र समानुपातिक मतगणनाले संसदमा दलहरूको संख्या आधाभन्दा घट्ने संकेत दिएको छ। नयाँ प्रतिनिधि सभामा ६ भन्दा बढी दलको उपस्थिती रहने छैन। दोस्रो र तेस्रो स्थानमा कांग्रेस र एमाले रहने भए पनि आकारमा निकै घटेका छन्।

कुनै समय सबैभन्दा ठूलो दलको नेता बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा अहिले चौथो दल बन्ने निश्चित देखिन्छ। श्रम संस्कृति पार्टी र राप्रपा पाँचौं र छैटौँ स्थानमा रहने अनुमान छ।

मतदाताले ३ वर्षअघिमात्र गठन भएको रास्वपालाई उच्च जनमत दिँदै सबैभन्दा ठुलो पार्टी बनाइदिएका छन्। यससँगै रास्वपालाई अब सरकार बनाउन र घोषणापत्र कार्यान्वयन गर्न कुनै दलको सहयोग आवश्यक पर्दैन।

प्रतिक्रिया