अमेरिकाले इरानमा रहेका तीन न्युक्लियर साइटहरूमा आक्रमण गरेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानको फोर्डो, नटान्ज र एस्फहानमा रहेका परमाणु केन्द्रहरूमा बम हमला गरेको पुष्टि गरेका छन् । इरानमा पूर्ण भारका बमहरू खसालेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले भने, विश्वमा अर्को कुनै सेना यो गर्न सक्दैन ।
उनले भने, 'हामीले इरानमा रहेका तीन न्युक्लियर साइटहरूमा हाम्रो धेरै सफल आक्रमण पूरा गरेका छौं, जसमा फोर्डो, नातान्ज र एस्फहान समावेश छन्। सबै विमानहरू हाल इरानको हवाई क्षेत्र बाहिर छन् । प्राथमिक साइट, फोर्डोमा पूर्ण भारको बमहरू खसालिएको छ। सबै विमानहरू सुरक्षित रूपमा घर फर्कने बाटोमा छन् । हाम्रा महान अमेरिकी योद्धाहरूलाई बधाई ।
इरानका विदेशमन्त्री आवास अराघचीले इजरायल–इरान द्वन्द्वमा अमेरिकाको संलग्नता ‘खतरनाक’ हुने चेतावनी दिएका थिए । दुई देशबिचको युद्ध थप चर्किरहकै वेला विदेशमन्त्रीको चेतावनीलाई वेवास्ता गर्दै आज बिहान अमेरिकाले इरानमाथि बम हमला गरेको हो ।
22 June 2025