काठमाडौ १६ असार - कैलालीको धनगढीमा भारी वर्षा भएको छ । आइतबार साँझदेखि परेको भारी वर्षाका कारण धनगढी बजार जलमग्न भएको छ ।
धनगढी बजार क्षेत्र जलमग्न भएका कारण सवारीसाधन गुडाउन सकिएको छैन भने पैदल यात्रा गर्न समेत समस्या भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार २४ घण्टाको अवधिमा धनगढी विमानस्थल आसपास क्षेत्रमा २०२.२ मिलिमिटर वर्षा मापन भएको छ ।
30 June 2025