रोटरी प्रेसिडेन्ट पुस्तकको प्रकाशन यात्रा

साझा लाल्टिन संवाददाता

पुस्तक प्रकाशनको सोच विभिन्न विधामा गर्न लाग्दा, पत्रकारिता पेशा, भेटघाट र दौडधुपले बिहानदेखि बेलुकीसम्म व्यस्त बनायो। २०८२ साल असोज महिनाको अन्तिमतिर खुट्टामा घाउ देखा पर्यो। सुरुमा सोचेँ, “ठीक भईहाल्छ,” र हिडडुल रोकिएन। तर घाउले ठूलो रूप लियो, र तिहारदेखि हिडडुल रोकियो। त्यसपछि उपचारमा केन्द्रित भएँ। चार महिनासम्म घरमै बस्न बाध्य भएँ।

यसैबीच, रोटरी डिस्ट्रिक्ट सम्मेलनमा वितरण गर्ने उद्देश्यले प्रेसिडेन्ट पुस्तकको तयारी भयो। पुस्तकको आवरण डिजाइन गरियो र देशभरका रोटरी क्लबका प्रेसिडेन्टहरूलाई लागत शुल्कसहित मेसेज वा ह्वाट्सएपमार्फत पठाउने काम सुरु गरियो। केही प्रेसिडेन्टहरू उत्साहित भए भने, कतिले खासै रुचि देखाएनन्। पुस्तक प्रकाशन सफल हुने मापदण्डको रूपमा ५० जना प्रेसिडेन्टको बायोग्राफी प्राप्त भए पुग्ने सल्लाह दिइयो।

पुस्तक तयारीको क्रममा आमा अस्वस्थ हुनु भयो। माघ ६ गते आमाले सधैंको लागि हामीलाई छोडेर जानुभयो। आमाको अस्वस्थतापछि २१ दिनसम्म म सम्पर्क विहीन भएँ। फोन र मेसेजको टिनिक्क घण्टी बजिरहेको थियो, तर ह्वाट्सएप खोल्ने अवस्था पनि थिएन।

१३ दिनको आमाको कार्य व्यवस्थापनपछि ह्वाट्सएप खोलेँ र इमेल चेक गरेँ। सो बेला मैले सोचें, “अब के गर्ने? पुस्तक प्रकाशन समयमै सम्भव छैन। जसको पैसा आएको छ, फिर्ता दिनुपर्छ।” त्यसैबेला सम्मेलन फागुन ७ देखि ९ गते हुने भनिए पनि, पछि बैशाख ४ देखि ६ गते हुने सूचना आयो।

अन्ततः, पुस्तक प्रकाशनको लागि समय मिलाएर प्रेसिडेन्टहरुलाई पछ्याउन थालेँ। यस क्रममा अनुभव भयो कि पछि पनि सृजना र उत्साह कहिलेकाहीँ प्रतिकूल समयमा नै जन्मिन्छ।

पुस्तकको उद्देश्य स्पष्ट थियो: नेपालमा रोटरीको स्थापना, रोटरीले मुलुकको विकासमा पुर्याएको योगदान, हालसम्मका गर्भनरहरूको अभिलेख राख्नु। साथै, रोटरीसँग सम्बन्धित लेखरचना प्रकाशित गरी रोटरियनहरूलाई आफ्नो रोटरियन हुनुमा गौरव अनुभव गराउनु।


प्रकाशकको विवरण:
श्यानम तण्डुकार

  • प्रेसिडेन्ट, रोटरी क्लब अफ महाबौद्ध
  • महासचिव, शिक्षा पत्रकार समाज
  • उपाध्यक्ष, पत्रकार महासंघ
  • प्रकाशक एवं प्रधान सम्पादक, शिक्षालय मासिक

प्रतिक्रिया