बालेन शाह प्रधानमन्त्री नियुक्त

साझा लाल्टिन संवाददाता

काठमाडौँ - बालेन्द्र शाह नेपालको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल ले आज बिहान शाहलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार नियुक्तिसँगै नयाँ सरकार गठन प्रक्रिया अघि बढेको छ।

आजै शुभ साइतमा प्रधानमन्त्री शाहले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। शीतल निवास मा दिउँसो १२ बजेर ३४ मिनेटमा हुने समारोहमा उनले शपथ ग्रहण गर्नेछन्।

संविधानको धारा ७६(१) अनुसार एकल बहुमतको सरकार गठन गर्न लागिएको हो। शपथ ग्रहण समारोहमा विभिन्न दलका शीर्ष नेता, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ।

प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरूको पनि शपथ गराउने तयारी रहेको जनाइएको छ, जससँगै नयाँ सरकार औपचारिक रूपमा कार्यभार सम्हाल्नेछ।



प्रतिक्रिया