नेकपाको समानुपातिक बन्द सूचीमा परेका तीन नेतालाई बधाई तथा शुभकामनाको लहर

साझा लाल्टिन संवाददाता

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्द सूचीमा सिफारिस भएका तीन जना नेताहरूलाई पार्टी पंक्तिले बधाई तथा शुभकामना व्यक्त गरेको छ।

समानुपातिक बन्द सूचीमा सिफारिस हुनेमा चेत बहादुर पुन (क. चिरन), जित बहादुर दाहाल (क. जितेन्द्र) र सबिता तामाङ (क. बिन्दु) रहेका छन्। बिधार्थी आन्दोलन देखि लामो  समय परिवर्तनकारी आन्दोलनमा सक्रियता र  सहभागीता जनाउदै संगठन निर्माणमा सक्रिय रहँदै आएका यी तीनै नेताहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै पार्टीले समानुपातिक बन्द सूचीमा समावेश गरेको जनाएको छ।

पार्टी नेतृत्वका अनुसार, उहा हरूको संघर्षशील जीवन, राजनीतिक निष्ठा र जनताप्रतिको प्रतिबद्धताला र इमान्दारिता लाई कदर गर्दै यो उमेदवारी दिइएको हो। पार्टीले तिनै नेताहरु लाई आगामी दिनमा जनताको आवाजलाई संसदमा प्रभावकारी रूपमा उठाउने विश्वासका साथ उमेदवारी दर्ता गरिएको छ।

समानुपातिक सूचीमा परेका नेताहरूलाई देशभरका पार्टी कार्यकर्ता, शुभेच्छुक, आम नागरिक तथा  समर्थकहरूले बधाई तथा सफल कार्यकालको कामना दिएका छन्। उहाहरूको प्रतिनिधित्वले पार्टीको नीति, विचार र जनमुखी एजेन्डालाई अझ सशक्त रूपमा अगाडि बढाउने अपेक्षा गरिएको पाइन्छ।

प्रतिक्रिया