एमाले मुख्यालय च्यासलमा तोडफोड र आगजनी

साझा लाल्टिन संवाददाता

२४ भदौ,काठमाडौँ - जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन प्रदर्शन, तोडफोड र आगजनीका घटना बढेका छन् ।

आन्दोलनकारीहरू टोल टोलबाट निस्किएका छन् भने मुख्य निशाना कांग्रेस, एमाले र माओवादीका मुख्य नेताहरुका साथै मन्त्री र राजनीतिक दलका कार्यालयहरुलाई बनाएका छन् ।

यसैक्रममा च्यासलस्थित एमाले मुख्यालयमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन् ।


प्रतिक्रिया