बादल र भट्टको विजययात्रा, एमाले नेतृत्वमा पूर्वमाओवादी प्रभाव बढ्दै

साझा लाल्टिन संवाददाता

३ पुष, काठमाडौं - नेकपा एमालेको जारी मतगणनामा पार्टीभित्र मिसिएका पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूले उल्लेख्य समर्थन पाएका छन्। माओवादीबाट एमालेमा आएका उपाध्यक्ष उम्मेदवार रामबहादुर थापा ‘बादल’ र उपमहासचिवका दाबेदार लेखराज भट्ट दुवै जना अग्रस्थानमा देखिएका छन्।

हालसम्म ११३९ मत गणना हुँदा उपाध्यक्षतर्फ बादलले ७७४ मत प्राप्त गर्दै शीर्ष दुईमा आफ्नो स्थान मजबुत बनाएका छन्। यस्तै, उपमहासचिवमा लेखराज भट्टले ७३४ मतसहित अग्रता कायम गरेका छन्।

दुवै नेताले प्रतिस्पर्धी प्यानलबाट समेत मत पाएको देखिँदा उनीहरूको जित लगभग सुनिश्चित भएको आकलन गरिएको छ।

प्रतिक्रिया