भिजिट भिसा प्रकरण हामीले छोडेका होइनौं, छोड्दैन : नारायणकाजी श्रेष्ठ

साझा लाल्टिन संवाददाता

काठमाडौं -- नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणको विषय लाई  पार्टीले नछाड्ने बताएका छन् । 

माओवादी केन्द्र दोलखा काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै श्रेष्ठले  सरकारमा रहेका दुई राजनीतिक दलहरुसँग दुई बुँदे सम्झौता भएपछि संसद खुलेको  तर भिजिट भिसाको विषयलाई माओवादीले नछाड्ने बताएका हुन्। 

माओवादी केन्द्रले यो मुद्दा छोड्दैन । भ्रष्टाचारको यो स्तरको जो प्रक्रिया अगाडि आएको छ, यो मुद्दा हामीले छोडेका होइनौं । हामी छोड्दैनौं । यो भ्रष्टीकरणको विरुद्ध, भ्रष्टाचारको विरुद्धको अभियान जारी राख्छौं, श्रेष्ठले भने ।

उनले भने सहमति भएको विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतयक्ष छलफल नभएको पनि बताएका छन । 

'हाम्रो पार्टीलाई, सुशासनको अभियानलाई हित हुनेगरी भयो कि भएन भनेर समीक्षा हुनसक्छ । त्यसमा अध्यक्ष कमरेडले समग्र परिस्थितिको लेखाजोखा गरेर दुई बुँदे सम्झौता निष्कर्षमा पुग्नुभएको हुनसक्छ।

प्रतिक्रिया