नारायणटार पिपलबोटमा २० लाखको लागतमा फल्सा निर्माण सुरु

साझा लाल्टिन संवाददाता

 पुष, काठमाडौं - गोकर्णेश्वर नगरपालिका वडा नं. ६ अन्तर्गत नारायणटार पिपलबोट क्षेत्रमा यात्रु तथा स्थानीयको सहजताका लागि फल्सा निर्माण कार्य सुरु गरिएको छ। वडा अध्यक्ष नवराज लामाले आज एक कार्यक्रमबीच उक्त फल्साको औपचारिक रूपमा सिलान्यास गरेका हुन्।

वडाका अनुसार करिब २० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको यस फल्साले यात्रुहरूलाई विश्राम, प्रतिक्षा तथा वर्षा–घामबाट जोगिने सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ। सार्वजनिक स्थानको सदुपयोग गर्दै नागरिकमैत्री पूर्वाधार निर्माणमा वडा कार्यालयले प्राथमिकता दिएको अध्यक्ष लामाले बताए।

उनका अनुसार वडा नं. ६ भित्र विभिन्न सार्वजनिक स्थलहरूमा फल्सा, पार्कलगायतका संरचना निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको छ। यस्ता पूर्वाधारले सार्वजनिक स्थानको व्यवस्थापनसँगै नागरिकको दैनिक जीवन सहज बनाउने अपेक्षा गरिएको छ।

स्थानीयवासीहरूले फल्सा निर्माणलाई सकारात्मक रूपमा लिँदै वडाको विकास र यात्रु सुविधाका लागि महत्वपूर्ण कदम भएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया