काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी फागुन २१ गते हुने आम निर्वाचनमा पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका तथा तिनलाई प्रस्ताव, समर्थन र प्रचार गर्ने व्यक्तिहरूमाथि कडा कारबाही गरेको छ।
पार्टी केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनात्मक कारबाही गर्दै ७ जनालाई पार्टी सदस्यताबाट निष्कासन गरिएको जनाइएको छ।
निष्कासित हुनेमा
१) हरिबोल गजुरेल (सिन्धुली)
२) महेश्वर दाहाल (सिन्धुली)
३) कुलप्रसाद के.सी. (दाङ)
४) मेजर राई (उदयपुर)
५) धर्मनाथ साह (सिरहा)
६) राजकुमारी साह (सिरहा)
७) जिवछ साह (सिरहा) रहेका छन्।
पार्टीले निर्णयविपरीत गतिविधि गर्नेहरूलाई कडा सन्देश दिँदै अनुशासन उल्लंघन सह्य नहुने स्पष्ट पारेको छ।
विज्ञप्तिमा सह–संयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ का हस्ताक्षर छन्।