एमाले महाधिवेशनमा हंगामा : भृकुटीमण्डपमै ‘नक्कली लिस्ट’ बाँड्ने व्यक्ति पक्राउ

साझा लाल्टिन संवाददाता

२  पुष, काठमाडौं - नेकपा एमालेको नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भइरहेको मतदान प्रक्रियामा चहलपहल बढेको छ । महाधिवेशन प्रतिनिधिहरू मत हाल्न लाइनमा उभिएका छन् भने नेताहरू र कार्यकर्ताहरू आफ्ना–आफ्ना समूहका उम्मेदवारका पक्षमा मत माग्दै सक्रिय देखिएका छन् ।

यसपटक केपी शर्मा ओली र ईश्वर पोखरेल समूह प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । दुवै पक्षले प्रतिनिधिहरूलाई उम्मेदवारहरूको सूची बाँड्दै समर्थन जुटाउने प्रयास गरिरहेका छन् ।

यही क्रममा मतदान केन्द्र परिसरबाट एक व्यक्ति पक्राउ परेका छन् । अछामका शंकर सावदलाई प्रहरीले नियन्त्रणमा लिएको हो । एमाले कार्यकर्ताहरूका अनुसार सावदले प्यानलगत उम्मेदवारहरूको नाम परिवर्तन गरिएको सूची तयार पारेर प्रचार गरेको आरोप लागेको छ ।

प्रहरीले सावदलाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया