अर्थतन्त्रमा सुधारको संकेत, राजस्वमा १० प्रतिशत वृद्धि

साझा लाल्टिन संवाददाता

 ३ पुष, काठमाडौं - अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र सक्रिय बन्दै गएको बताएका छन्। निजी क्षेत्रसँगको संवादको अवसरमा आयोजित कार्यक्रममा मन्त्री खनालले उपलब्ध तथ्याङ्कले अर्थतन्त्रमा सकारात्मक चलायमानता देखाएको बताए।

उहाँले युवापुस्ता जेनजीको आन्दोलनका तीन महिनामा अर्थतन्त्रमा स्थिरता बढेको र राजस्व करिब १० प्रतिशतले वृद्धि भएको जानकारी गराए। मन्त्री खनालका अनुसार “उत्पादन र उत्पादकत्व बढ्दै गएको छ, र अन्तरिम सरकारले छोटो अवधिमा लगानीको वातावरण सुधार्न सक्षम भएको छ। चिनियाँ लगानीकर्ताले यसलाई प्रशंसा गरिरहेका छन्।”

अर्थतन्त्रमा देखिएका चुनौतीहरू समाधान गर्न र तरलता व्यवस्थापन तथा लगानी वातावरण मजबुत बनाउन सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको मन्त्री खनालले बताए।

प्रतिक्रिया