२५ मंसिर, काठमाडौं - आरजु राणा देउवाले सर्वोच्च अदालतमा लिखित जवाफ बुझाउँदै बूढानीलकण्ठस्थित आफ्नै घरमा आगजनी हुँदा ‘नगद जलेको’ भनी फैलाइएका हल्ला पूर्णतया गलत भएको स्पष्ट गरेकी छन्।
राष्ट्र सुरक्षा परिषद्को बैठक नडाकेको आरोपमा परेका राणाले आन्दोलनका उच्छृङ्खल व्यक्तिले उनको निजी निवासमै घुसपैठ, भौतिक आक्रमण र आगजनी गरेको बताउँदै त्यस्तै परिस्थितिमा बैठक डाक्न असम्भव भएको जिकिर गरेकी छन्।
उनका अनुसार सरकार र सम्बन्धित निकायले घटनाको अनुसन्धान र क्षतिबारे मुचुल्का समेत तयार गरिसकेकाले सामाजिक सञ्जालमा चलेको ‘रकम जलेको’ दाबी केवल अफवाह हो।
राणाले आधारहीन तथा पूर्वाग्रही आरोप भएको भन्दै रिट खारेज गर्न अदालतसँग माग गरेकी छन्।
11 December 2025