नेतृत्व कसैलाई टिको लगाएर दिने कुरा होइन : प्रचण्ड

साझा लाल्टिन संवाददाता

 ९ असोज, काठमाडौं - पुर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिधि र प्रक्रिया अनुसार नेतृत्व हस्तान्तरण गर्न आफू तयार रहेको बताएका छन् । तर, नेतृत्व कसैलाई टिको लगाएर दिने कुरा नभएको उनको भनाइ छ । 

केन्द्रीय समितिको सातौँ पूर्ण बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको विषम परिस्थितिमा जिम्मेवारीबाट भाग्ने नभई विधिपूर्वक नेतृत्व छोड्ने प्रष्ट पारे । केही मान्छेहरूले भनेजस्तो सधैंभर पार्टी प्रमुखको जिम्मेवारीमा रहन आफूलाई रुचि नभएको उनले बताए ।

'परिस्थिति निकै नै जटिल छ । सायद यो परिस्थितिको जटिलता र संवेदनशीलतालाई व्यक्त गर्ने हामीले प्रयोग गर्दै आएका शब्द नै अपर्याप्त हुने जस्तो देखिन्छ', बैठकमा उद्धघाटन मन्तव्य राख्दै भने, 'त्यति विकराल, त्यति गम्भीर अवस्थामा हामी यो बैठक बस्दैछौँ ।'

प्रचण्डले नेतृत्व निर्माण र हस्तान्तरणको प्रक्रियाबारे न्यूनतम  बुझाई कायम गर्न जरुरी रहेकोमा जोड दिएका छन् ।

प्रतिक्रिया