१२ फागुन, काठमाडौं — नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलाको गैरन्यायिक गिरफ्तारी विरुद्ध मसाल जुलुस निकालिएको छ ।
मंगलबार नेकपा बहुमतका कार्यकर्ताहरूले काठमाडौँ लगाएत प्रमुख सहरहरूमा मशाल जुलुस निकालेका हुन् । उनीहरुले यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन पनि खारेजीको माग गरेका छन् ।
नेकपा बहुमतका महासचिव बास्तोलालाई प्रहरीले फागुन ५ गते पक्राउ गरेको थियो । प्रतिनिधिसभा निर्वाचन बहिष्कारको नीति लिएको र प्रचारप्रसार गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
24 February 2026