काठमाडौं - पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली २१ दिन लामो उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
गत चैत १४ गते पक्राउ परेलगत्तै स्वास्थ्य समस्या देखिएपछि उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मा भर्ना गरिएको थियो। अस्पतालमा उपचारका क्रममा ओलीको पत्थरीसम्बन्धी सफल शल्यक्रिया गरिएको चिकित्सकहरूले बताएका छन्।
अस्पताल स्रोतका अनुसार शल्यक्रियापछि ओलीको स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको थियो। उपचार अवधिभर उनी चिकित्सकहरूको निरन्तर निगरानीमा राखिएका थिए। स्वास्थ्यमा उल्लेखनीय सुधार देखिएपछि चिकित्सकहरूको सल्लाहअनुसार आज उनलाई डिस्चार्ज गरिएको हो।
डिस्चार्जपछि पनि केही समय नियमित फलोअप तथा आराम गर्न चिकित्सकहरूले सुझाव दिएका छन्।

18 April 2026