मोरङमा श्रीमतीको हत्या गरेर युवकले गरे आत्महत्या

साझा लाल्टिन संवाददाता

२० माघ, काठमाडौं - मोरङमा दाम्पत्य विवादले ज्यान जाने घटना भएको छ। रंगेली नगरपालिका–५ बहुवनमा एक युवकले श्रीमतीको हत्या गरेपछि आफैंले पनि आत्महत्या गरेका छन्।

प्रहरीका अनुसार २१ वर्षीय मुकेशकुमार मण्डलले ससुराली घर पुगेर २१ वर्षीया पत्नी अम्बिकाकुमारी मण्डलमाथि चक्कु प्रहार गरेका थिए। श्रीमतीको घटनास्थलमै मृत्यु भएपछि मण्डलले आफ्नै घाँटीमा चक्कु प्रहार गरी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटना आज बिहान भएको बताइएको छ। प्रहरी घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ भने घटनाको कारण खुल्न बाँकी रहेको जनाएको छ।

प्रतिक्रिया