काठमाडौँ - नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्रीदीपक खड्का पक्राउ परेका छन्।
प्राप्त जानकारी अनुसार, उनलाई आज बिहान महाराजगञ्ज क्षेत्रबाट केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले नियन्त्रणमा लिएको हो। सीआइबीका एआइजी मनोज केसी ले पक्राउको पुष्टि गरेका छन्।
उनीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। यसअघि “जेनजी आन्दोलन” का क्रममा उनको निवासमा आगजनी हुँदा नेपाली रुपैयाँसहित विदेशी मुद्राहरू फेला परेको बताइएको छ।
यसका साथै, उनलाई नेपाल स्काउट को जग्गा हिनामिना गरेको आरोप पनि लागेको छ।
29 March 2026